रामचन्द्र पौडेलले देउवासँग भने : प्रधानमन्त्री वा राष्ट्रपति बनाउनुस्

हिमाल प्रेस २८ मंसिर २०७९ १५:३५
1.3k
SHARES
रामचन्द्र पौडेलले देउवासँग भने : प्रधानमन्त्री वा राष्ट्रपति बनाउनुस्

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एक पदमा सघाउन आग्रह गरेका छन्। कांग्रेसले दुवै पद लिनुपर्ने भन्दै त्यसका लागि आफू जुनसुकै पदमा रहन पनि तयार रहेको बताएका हुन्।

उनले छलफलको सुरूमै संसदीय दलको नेतामा आफूलाई सघाउन देउवासँग आग्रह गरेका थिए। उनले आफ्नो पहिलो प्राथमिकता प्रधानमन्त्री भएकाले संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत हुने अवस्था रहेको बताएको बालुवाटार निकट स्रोतले जानकारी दियो।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले आफ्नो इच्छा व्यक्त गरेका उनले सर्वसम्मत अवस्था आफ्नोमा बन्ने दाबी गरेका थिए। ‘मलाई दलको नेतामा प्रस्ताव यहाँले नै गर्नुहोस्, म सर्वसम्मत हुन्छु,’ पौडेलले देउवासँग राखेको धारणा एक निकटस्थले सुनाए।

पौडेलको कुरा सुनेर देउवा भने हाँसेका थिए। पौडेलसँग प्रधानमन्त्रीले कुनै न कुनै प्रकारको सहमति पार्टी सभापति हुने बेलामा गरेका हुनाले पनि पौडेल यसरी छलफलमा जुटेको कतै छिप्दैन। तर देउवाले सहज रूपमा उत्तर दिए, ‘यो विषय हामी पार्टी कार्यसमितिमा सल्लाह गरौँला। अहिले गठबन्धन टिकाउने प्रयासमा लाग्नुहोस्।’

रामचन्द्र पौडेलले पनि देउवासँग भेट भएको र आफूले प्रधानमन्त्रीको चाहना राखेको बताए। ‘दलको नेता हुनको लागि प्रस्ताव गर्न आग्रह गरेको हुँ,’ उनले भने, ‘देउवाले कार्यसमितिको बैठक बस्नुपर्छ अनि छलफल गरौँला भन्नुभयो। हुन पनि उहाँले भन्ने नै त्यही हो।’

मंसिर ४ को निर्वाचनपछि कांग्रेसको संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापा मुख्य प्रतिस्पर्धामा देखिएका छन्। तर, गगनलाई शेखर कोइराला समूहले साथ दिएको छैन। डा। शेखर कोइराला पनि अघि बढ्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =