विश्व बजारमा रोजगारीका लागि एसीसीए

हिमाल प्रेस १ पुष २०७९ ११:४८
194
SHARES
विश्व बजारमा रोजगारीका लागि एसीसीए

रिया मानन्धरले २०२१ डिसेम्बरमा भएको ‘ट्याक्सेसन’ विषयको परीक्षामा ‘वल्र्ड टप’ गरिन्। मार्च २०२२ को ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा पनि उनले त्यो उपाधि रक्षा गरिन्। काठमाडौँको ब्रिटिस कलेजमा ‘स्किल्स लेभल’ तहको एसोसियसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) कोर्स गरिरहेकी मानन्धरले ‘अकाउन्टेन्ट्स एण्ड बिजनेश’ क्षेत्रमा काम गर्ने सोच बनाएको बताउँछिन्। उनी भन्छिन्, ‘अकाउन्टेन्सी र बिजनेश’ क्षेत्रमा सफल र अब्बल हुनको लागि एसीसीए कोर्स एकमात्रै विकल्प हो।’

मानन्धरका अनुसार व्यावहारिक र सीपमुलक पढाइ तथा त्यसपछि पाइने सहज रोजगारीले उनलाई एसीसीए पढ्न प्रेरित गर्‍यो। उनीजस्तै चार हजार विद्यार्थीले यतिबेला एसीसीए अध्ययन गरिरहेका छन्। विश्वका १८० देशमा एसीसीए पढ्नेको संख्या ६ लाख ५० हजार छ।

एसीसीएका विश्वभर २ लाख ४१ हजार सदस्य छन्। उनीहरूले विश्वभर जुनसुकै व्यवस्थापनको क्षेत्रमा काम गर्न सक्छन्। नेपालमै पाँच सय एसीसीएका योग्य सदस्य छन्। एउटै परीक्षा प्रणाली, पाठ्यक्रम, शिक्षण विधि र अन्तर्राष्ट्रिय मान्यता मात्रै नभएर सहज र गुणस्तरिय रोजगारीका कारणले एसीसीएको आकर्षण बढिरहेको एसीसीएका नेपाल प्रमुख रविन कटवाल बताउँछन्।

‘एसीसीएका सदस्यहरूले पाएको अवसर र ख्यातिकै कारण यसको माग बढ्दो छ,’ उनी भन्छन्, ‘नेपालजस्ता विकासशील राष्ट्रहरूमा अर्थतन्त्र थप चलायमान हुँदै जाने भएकाले एसीसीएको आवश्यकता दिनहुँ बढ्दो छ।’

स्वभाविक रूपमा आर्थिक क्षेत्रको विकास र विस्तारसँगै यस्ता गतिविधिको व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको माग उच्च छ। अहिले एकातिर कामको खोजीमा विदेशिनेको संख्या दिनहुँ बढिरहेको छ भने कर्पोरेट कम्पनीले दक्ष जनशक्ति नपाएर हैरान छ। यसको एउटै कारण पढाइ र रोजगारीबीचको बेमेल हो। यही बेमेलाई एसीसीएले पूरा गर्दै आएको कटवालको भनाइ छ।

‘व्यावहारिक पाठ्यक्रम र सीपमुलक शिक्षा एसीसीएको प्रमुख विशेषता हो,’ कटवाल भन्छन्, ‘अध्ययनकै क्रममा तीन वर्ष कर्पोरेट संस्थामै इन्टर्नसीप हुने भएकाले यसको व्यवहारिकता पुष्टि गर्छ।’ उनका अनुसार वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउन र गतिशील वित्तीय प्रणालीको स्थापनामा एसीसीएको भूमिका झन् महत्त्वपूर्ण मानिन्छ।

रिया मानन्धर।

व्यावहारिक र फराकिलो क्षेत्र

विश्व बजारमा व्यवस्थापन तर्फका जनशक्तिको माग बढेसँगै एसीसीए अध्ययन गर्नेको संख्या पनि उकालो लाग्दो छ। यही कारण एसीसीए नेपाल यसलाई काठमाडौँ उपत्यका बाहिर बिस्तार गर्ने चरणमा छ।

बेलायतको चार्टर्ड एकाउन्टेन्सी बडीको रूपमा एसीसीएले काम गर्दै आएको छ। एसीसीए कोर्सअन्तर्गत अप्लाइड नलेज, अप्लाइड स्किल्स् र स्ट्राटेजिक प्रोफेसनल गरी तीन तह हुन्छन्। जुन पूरा गर्न तीन वर्ष लाग्छ। वर्षमा चार वटा परीक्षा हुने यो कोर्समा कुल १३ परीक्षा हुन्छन्। एउटा तह पार नगरी अर्कोमा जान पाइँदैन। विद्यार्थीको लगनशीलता र मिहिनेतले कोर्स पूरा गर्ने समयावधि फरक पर्ने जानकारहरू बताउँछन्। त्यसका साथै विद्यार्थीलाई आफूलाई उपयुक्त लागेको बेला परीक्षा दिन पाउँछन्।

अप्लाइड नलेज तहमा भर्ना हुन १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ। सीधै स्किल्स्मा भर्ना हुन स्नातक तह उत्तीर्ण हुनुपर्छ। एसईई उत्तीर्ण विद्यार्थीले पनि एकवर्षे ‘फाउन्डेसन इन एकाउन्टेन्सी’ कोर्स पूरा गरेपछि एसीसीए पढ्न पाउने प्रावधान छ।
समयसँगै एसीसीएले कोर्स पनि परिवर्तन गर्ने गरेको छ। समय सुहाउँदो र व्यावहारिक कोर्सको लागि अहिले ‘डिजिटल स्किल्स्’ लाई पनि प्राथमिकता दिइएको छ। भविष्यको बजार कस्तो बन्छ भन्ने विचार गरेर कोर्स परिवर्तन गरिने गरेको एसीसीएका नेपाल प्रमुख कटवाल बताउँछन्।

एसीसीए अध्ययनपश्चात अधिकांश विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमै रोजगारीको अवसर पाउने भएकाले विद्यार्थीको चाप बढ्दै गएको एसीसीए कार्यक्रम सञ्चालन गर्ने संस्थाका प्रतिनिधिले बताएका छन्।

एसीसीएले हरेक दिन ठूला र साना व्यवसायका कानुनी आवश्यकताहरूमा मद्दत गर्नुका साथै परिवर्तनशील बजारको आवश्यकतालाई नवीन, रणनीतिक सोच भएका लेखा क्षेत्रका जनशक्ति उत्पादन गर्न मद्दत गर्छ।

एसीसीए योग्यता आकांक्षी वित्तीय पेशा अवलम्बन गर्नेका लागि विश्वको अग्रणी लेखा योग्यता हो। जसले विद्यार्थीलाई सफल करिअर बनाउन र भविष्यमा काम गर्ने संस्थाहरूको नेतृत्व गर्न सीप, ज्ञान र मूल्य प्रदान गर्दछ।

विद्यार्थीले विजनेस एण्ड टेक्नोलोजी, म्यानेजमेन्ट अकाउन्टेन्सी, फाइनान्सियल अकाउन्टेन्सी, कानुन, पर्फरमेन्स म्यानेजमेन्ट, ट्याक्स, अडिट, फाइनान्स, विजनेस लिर्डसिप जस्ता विषय अध्ययन गर्छन्।
धेरै विषय रोज्न सक्ने भएकाले विद्यार्थीले आफू कुन विधामा जाने भनेर आफैँ निर्णय गर्न सक्छन्। तीन वर्ष त व्यावसायिक संस्थामा ‘इन्टर्न’ नै गर्नुपर्छ।

एसीसीए नेपाल प्रमुख रविन कटवालले एसीसीएले अनुसन्धानात्मक क्षेत्रमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिएको र नेपालमा रहेका एसीसीए अध्यापन गराउने संस्थाले पनि सीप दक्षता, अनुसन्धानलगायतमा जोड दिएको बताउँछन्।

‘एसीसीएले विभिन्न चार्टर्ड अकाउन्टेन्सी बडीसँग सहकार्य गरेर काम गरिरहेको छ,’ उनी भन्छन्, ‘यसले विद्यार्थीको क्षमता बिस्तार र व्यावहारिक बनाउन ठूलो भूमिका खेल्छ।’

एसीसीए अध्यापन गराउने अब्बल संस्था

नेपालमा एसीसीए अध्यापन गराउने चार संस्था छन्। त्यसमध्ये गोल्ड लर्निङ पार्टनरको रूपमा द ब्रिटिश प्रोफेसनल कलेज, एनसीए कलेज अफ म्यानेजमेन्ट, सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) र सिड फाइनान्सियल एकेडेमी छन्।

काठमाडौँमा रहेको द ब्रिटिश प्रोफेसनल कलेज एसीसीएबाट मान्यता प्राप्त संस्था हो। सन् २०१२ देखि एसीसीए परीक्षाका लागि थुप्रै विद्यार्थी तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएको द ब्रटिश कलेजका एसीसीए कार्यक्रम व्यवस्थापक दिपेन्द्रकुमार श्रेष्ठको भनाइ छ। उनका अनुसार ‘यस कलेजबाट एसीसीए वल्र्ड टपर र एसीसीए नेपाल टपर उत्पादन गर्न सफल भएको छ।

ब्रिटिश कलेजले अत्याधुनिक प्रविधिबाट विद्यार्थीलाई पठनपाठन गराउँदै आइरहेको छ। विद्यार्थीलाई सीपमुलक शिक्षा दिनको लागि कलेजले विभिन्न संघसंस्थासँग सम्झौता गरेको छ।

कार्यक्रम व्यवस्थापक श्रेष्ठले भने, ‘एसीसीए व्यवसायिक र प्राविधिकरूपले विद्यार्थीलाई उद्योग बैंक, वित्तीय संस्था, कृषि, प्रशासन, व्यापार साझेदारी र डिजिटल पूर्वाधारको क्षेत्रका लागि योग्य बनाउछ।’

एसीसीए अध्ययन गरिरहेका विद्यार्थीलाई द ब्रिटिस कलेजले इन्टर्नसिपका लागि विभिन्न संस्थामा पठाउने, आफ्नै नेटवर्कभित्रका संस्थामा आफ्नै विद्यार्थीलाई प्राथमिकता दिने गरेको छ।

सहुलियत शुल्क, औद्योगिक दक्ष प्रशिक्षक, विद्यार्थीले पाउने सेवा र विभिन्न व्यवसायिक तालिमका कारण पनि विद्यार्थीको रोजाइमा ब्रिटिश कलेज परेको उनको भनाइ छ।

एसीसीए कोर्सलाई सर्टिफाइड कलेज अफ अकान्टेन्सी (सीसीए) ले अध्यापन गराउँदै आएको छ। सीसीएका एकेडेमिक डाइरेक्टर दिवस सिलवालले एसीसीए विश्ववजारमा व्यवस्थापनतर्फको प्रतिस्पर्धी कोर्स भएको र यसका उत्पादनले आफ्नो भविष्य सुनिश्चित गर्ने बताए।

उनले भने, ‘एसीसीएका उत्पादन विभिन्न क्षेत्रमा गएर काम गरेका छन्। विद्यार्थीले एसीसीए पूरा गरेपश्चात नेपालमा मात्रै नभएर संसारभर रोजगारीको अवसर पाउँछन्। यो प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न सक्ने कोर्स हो। यसमा विद्यार्थीको आकर्षण पनि बढ्दो छ।’

एनसीए कलेज अफ म्यानेजमेन्ट विद्यार्थीलाई एसीसीए अध्यापन गराउने अब्बल संस्था हो। एनसीएका निर्देशक सुरेश पण्डितले एसीसीए रोजगारी र दक्षताको हिसाबले विश्वभर सञ्चालनमा रहेकामध्ये उत्कृष्ट भएको बताए।
उनले भने, ‘नेपालमा पढ्ने वातावरण बनाउन हामीले यस विषयलाई प्राथमिकता दिएका हौँ। यो विषय पढ्ने वातावरण, गुणस्तरीय शिक्षा, भिडभाडरहित वातावरणमा पढ्ने व्यस्था गरेका छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =