समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस २४ मंसिर २०७९ ७:१७
2
SHARE
समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ।

आजको बैठकमा समानुपातिक सांसदका विषयमा पनि छलफल हुने छन्। कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको छ।

११० जना बाट कसलाई पठाउने भन्‍ने बारेमा विवाद छ। आजको बैठकले निर्वाचनको समीक्षा गर्ने, सत्ता गठबन्धन र भाबी सरकारको रणनीतिलगायत बैठकका एजेन्डाका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =