युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने पुटिनको घोषणा

हिमाल प्रेस २२ मंसिर २०७९ २१:१३
6
SHARES
युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने पुटिनको घोषणा

काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी ऊर्जा प्रणालीहरूमा थप आक्रमण गर्ने घोषणा गरेका छन्। रुसले युक्रेनमाथि गरेको आक्रमण कदमको विश्वव्यापी रूपमा आलोचना भइरहेका बेला पुटिनले बिहीबार यस्तो घोषणा गरेका हुन्।

‘छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ। हो हामी गर्छौं । तर कसले सुरु गर्‍यो?,’ पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, ‘आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन।’

युक्रेनमा जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन्।

प्रकाशित: २२ मंसिर २०७९ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =