युद्धविराम घोषणा गरेर सुडानमा झन गोलाबारी

हिमाल प्रेस १२ वैशाख २०८० २१:४८
8
SHARES
युद्धविराम घोषणा गरेर सुडानमा झन गोलाबारी

खार्तुम- सुडानमा गएरातिदेखि युद्धविराम घोषणा भए पनि गोलाबारी रोकिएको छैन। युद्धविरामका बीच खार्तुमलगायत सहरमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन्।

यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटना भइरहेका बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन्।

गत १५ अप्रिलदेखि भइरहेको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए।

द्वन्द्वमा हालसम्म ४ सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। रासस/एपी

प्रकाशित: १२ वैशाख २०८० २१:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =