धनगढीमा देउवालाई १५ किलोको माला

हिमाल प्रेस २२ मंसिर २०७९ १६:५४
50
SHARES
धनगढीमा देउवालाई १५ किलोको माला

धनगढी- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिम महोत्सवमा १५ किलोको माला लगाएर सम्मान गरिएको छ। महोत्सवको उद्घाटनको क्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको मालाले सम्मान गरेको हो। पुस २ गतेसम्म चल्ने महोत्सव आजदेखि धनगढीमा सुरु भएको छ।

उद्योगीहरूले १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइदिएका हुन्। २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि (देउवा) लाई १५ किलोको माला लगाइएको हो। २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ।

१५ बुँदे मागमा गौरीफन्टा, धनगढी विमानस्थल स्तरोन्नती, मानसरोवर जोड्न सडक निर्माण, औद्योगिक ग्राम, आईटी हब निर्माणलगायतका मागहरू रहेका छन्। हरेक वर्ष सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्दै आएको।

प्रकाशित: २२ मंसिर २०७९ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =