निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

हिमाल प्रेस २२ मंसिर २०७९ १५:५४
18
SHARES
निःसन्तान दम्पतीले पाए तिम्ल्याहा

काठमाडौँ- विवाहको लामो समयसम्म सन्तान नभएपछि सर्लाहीको बलराका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो।

उनी ३८ वर्षीया श्रीमती रेखादेवी झासँग सन्तान प्राप्तिको लागि धेरै ठाउँ भौतारिए। भ्याएसम्म आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा, सबै खालका उपाय लगाउँदासमेत यो दम्पतीले सन्तान पाउन सकेन।

अन्त्यमा झा दम्पतीका लागि नर्भिक अस्पतालको आईभीएफ सेन्टर वरदान सावित भएको छ। उनीहरूले नर्भिक आईभीएफ सेन्टरमा टेष्टट्युब बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि गरेको प्रयास पहिलो पटकमै सफल भयो।

केही दिनअघि रेखादेवी झाले तीन सन्तानलाई जन्म दिएकी छन्। ‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ। हामी औधी खुसी छौँ,’ झाले भनिन्, ‘हाम्रो परिवार बल्ल पूर्ण भएको छ।’

उनी शल्यक्रियामार्फत् जन्मिएलगत्तै एनआईसीयूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाको प्रतीक्षामा छन्।

उपचारमा खटिएका वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश साहले बच्चाहरूको अवस्था राम्रो हुँदै गएको बताए। उनका अनुसार आमा र बच्चाहरूको अवस्था सामान्य रहेकाले एक, दुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

झा दम्पती करिब एक वर्षअघि उपचारका लागि नर्भिकको आईभीएफ सेन्टरमा आएका थिए। उनीहरूलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन्। शर्माकै निगरानीमा रहेर झाले आईभीएफबाट तिम्ल्याहा सन्तान पाएकी हुन्।

प्रकाशित: २२ मंसिर २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =