प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

हिमाल प्रेस २२ मंसिर २०७९ ८:०९
2
SHARE
प्रधानमन्त्री देउवा आज धनगढी जाँदै फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जाँदैछन्। सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन्। दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =