प्रधानमन्त्रीले दिए उधौलीको शुभकामना

हिमाल प्रेस २२ मंसिर २०७९ ७:१५
2
SHARE
प्रधानमन्त्रीले दिए उधौलीको शुभकामना

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ।

यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ। उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ।

 

 

प्रकाशित: २२ मंसिर २०७९ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =