चोलेन्द्रमाथिको महाअभियोग प्रस्तावक तीनै जना चुनावमा पराजित

हिमाल प्रेस २१ मंसिर २०७९ १५:०६
84
SHARES
चोलेन्द्रमाथिको महाअभियोग प्रस्तावक तीनै जना चुनावमा पराजित

काठमाडौँ- प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तीनै जनाले निर्वाचनमा पराजय भोगेका छन्। अहिले उनीमाथिको महाअभियोगको प्रस्ताव निष्क्रिय भएको पत्र संसद् सचिवालयका महासचिव भरतराज गौतमले दिएपछि प्रस्ताव नै निष्क्रिय भएको भनिएको छ।

गौतमको पत्रअनुसार २०७८ फागुन १ गते सत्ता गठबन्धनले संसद्‌मा दर्ता गरेको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ। प्रस्ताव दर्ता गर्नेमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादी पार्टीका जीवनराम श्रेष्ठ थिए।

अहिले संयोग कस्तो भने अहिले यी तीनै जना प्रस्तावक मंसिर ४ को निर्वाचनबाट पुन: निर्वाचित हुन सकेनन्।

गुरुङ लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग, कांग्रेसकी भुसाल अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीसँग, नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्रीसमेत रहेका श्रेष्ठ काठमाडौँ ८ स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन्।
चोलेन्द्र आजै सर्वोच्च गएर हाजिर गर्ने तयारीमा छन्।

प्रकाशित: २१ मंसिर २०७९ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =