महाअभियोग प्रस्ताव पाँच महिनाभित्रै टुंग्याउन प्रस्ताव

हिमाल प्रेस २५ माघ २०७९ १७:४८
4
SHARES
महाअभियोग प्रस्ताव पाँच महिनाभित्रै टुंग्याउन प्रस्ताव

काठमाडौँ– प्रतिनिधिसभाको निमायवली मस्यौदा समितिकोमा महाभियोग प्रस्ताव र यसको समयमसीमाको विषयमा छलफल सुरु भएको छ। बिहीबार बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको महाभियोग तीन महिना र प्रधानन्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाइसक्नुपर्ने विषयबारे छलफल हुनेछ।

बुधबारको बैठकमा यी विषयको छलफलमात्रै सुरु भएको माओवादीका सांसद शक्तिबहादुर बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार बिहीबार बस्ने समितिको बैठकमा यी दुई विषयमा छलफल हुनेछ।

यी प्रस्ताव पारित भएमा पाँच महिनाभित्र महाअभियोग प्रस्तावको टुंगो लगाइसक्नुपर्छ। समितिको बैठकमा स्वार्थ बाझिने संसदीय समितिहरूमा प्रतिनिधि सभा सदस्यहरू बस्न नपाउने विषयमा पनि छलफल भएको थियो। प्रतिनिधि सभाको नयाँ नियमावली बनाउन समितिमा अहिले छलफल चलिरहेको छ।

प्रकाशित: २५ माघ २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =