महाअभियोग विवाद

महाअभियोग निष्प्रभावीको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट, शुक्रबारलाई पेसी तोकियो

हिमाल प्रेस २१ मंसिर २०७९ १७:११
12
SHARES
महाअभियोग निष्प्रभावीको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट, शुक्रबारलाई पेसी तोकियो

काठमाडौँ- संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै दिएको पत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज दायर भएको रिटको शुक्रबारका लागि पेसी तोकिएको हो।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले रिट दायर गरेका हुन्। उनीहरूले संघीय संसद्‌का महासचिव गौतमले जबरामाथिको महाअभियोग निष्क्रिय भयो भन्नुको कुनै आधार नभएको रिटमा उल्लेख गरेका छन्।

प्रकाशित: २१ मंसिर २०७९ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =