सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या

हिमाल प्रेस २१ मंसिर २०७९ १४:४५
4
SHARES
सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको पञ्चपुरी नगरपालिका ३ तोक्माका अमरबहादुर आले मगरले पत्नीको बीभत्स हत्या गरेका छन्।

श्रीमतीको हत्यापछि भाग्दै गरेको अवस्थामा ३८ वर्षीय आलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ३० वर्षीया मिना आले मगरलाई उनले खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ।

श्रमतीको टाउको पलास्टिकको झोलामा बोकेर भाग्दै  गेको अवस्थामा पलाइटे स्वास्थचौकीनजिकै उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७९ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =