ललितपुरको बाँडेगाउँमा प्रधानमन्त्रीले गरे संकल्प पूजा

हिमाल प्रेस १९ मंसिर २०७९ १५:५३
12
SHARES
ललितपुरको बाँडेगाउँमा प्रधानमन्त्रीले गरे संकल्प पूजा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका छन्।

आज (सोमबार) ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ (सप्ती हजार यज्ञ) मा प्रधानमन्त्री देउवाले संकल्प पूजा र दीप प्रज्वलन गरे।

भट्टराई आश्रममा प्रधानमन्त्री देउवालाई पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्रीद्वय शरदसिंह भण्डारी, ओमकारप्रसाद श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसएसपी यज्ञविनोद पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठलगायतले स्वागत गरेका थिए।

आजबाट सुरु भएको महायज्ञ मंसिर २७ गतेसम्म सञ्चालन हुने मुख्य पुरोहित रामचन्द्र तिमल्सिनाले जानकारी दिए।

२०१५ मा संसद्को पहिलो सभामुख भएका भट्टराई २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदको प्रधानमन्त्री भएका थिए। २००३ मा कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए।

नेपाली राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो। भट्टराईको निधन पश्चात् हरेक वर्ष उनको सम्झनामा जन्मोत्सव र स्मृति दिवसको अवसर पारेर बाँडेगाउँ आश्रममा कार्यक्रम गरिँदै आएको छ।

प्रकाशित: १९ मंसिर २०७९ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =