गौरदेखि बिहारसम्म सार्वजनिक यातायात सञ्‍चालन हुने

हिमाल प्रेस १८ मंसिर २०७९ २०:३४
10
SHARES
गौरदेखि बिहारसम्म सार्वजनिक यातायात सञ्‍चालन हुने रौतहटस्थित गौर बजारको एक दृष्य। फाइल तस्बिर

रौतहट– गौर र बिहार रुटमा चल्ने तीन पांग्रे अटोरिक्साहरू आइतबारदेखि रूपमा सञ्चालन भएपछि सर्वसाधारण हर्षित भएका छन्। गौर नगरपालिकाका प्रमुख शम्भु साहको पहलमा दुवै देशका बोर्डरमा चल्ने तीन पांग्रे अटोरिक्सा सञ्चालन गरिने भएको हो।

भारतीय अटोरिक्साहरू रूपमा गौर प्रवेश गरेर जिल्ला प्रहरी कार्यालयको पूर्वतर्फका ब्यारेक फिल्डमा पार्किङ गर्ने तथा नेपाली अटोरिक्साहरू बैरगनिया रेल्वे स्टेसनमा पार्किङ गर्ने सहमति भएको नगरपालिकाले जानकारी दिएको छ।

कोरोना महामारीलगत्तै दुई देशबीच सवारी साधन आवतजावत गर्न बन्द गरिएको थियो। लामो समयपछि स्थानीय प्रशासनको पहलमा निजी सवारी आउनेजाने क्रम सञ्चालन भए पनि यात्रुवाहक सवारी साधन सञ्चालनमा आएको थिएन।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनअघि नै यात्रुवाहक साधन सञ्चालनमा ल्याउने प्रक्रिया दुवै देशका प्रतिनिधिबीच गत कात्तिक २२ गतेदेखि सुरु गरिएको थियो।

दुई देशको बोर्डरमा नेपाली र भारतीय सवारी साधन सञ्चालन गर्ने सहमति भए पनि स्थानीय स्तरमा तालमेल नहुँदा सञ्चालन हुन सकेको थिएन।

प्रकाशित: १८ मंसिर २०७९ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =