‘एभरेस्ट म्यान’ले पायो नयाँ पुरस्कार

हिमाल प्रेस १८ मंसिर २०७९ १७:२५
36
SHARES
‘एभरेस्ट म्यान’ले पायो नयाँ पुरस्कार

काठमाडौँ- एभरेष्ट म्यान, पर्वतारोही कामीरिता शेर्पाको शाहसिक कार्यलाई चित्रण गर्ने वृत्तचित्र हो। यसमा शेर्पाले सबैभन्दा धेरै पटक सफलतापूर्वक सगरमाथा हिमालको आरोहण गरेको सन्दर्भका साथै सबैभन्दा बढी चुनौतीको सामना गरेर सगरमाथाको सफल आरोहण गरेको विषयलाई प्रमुख रुपमा समेटिएको छ।

यस एभरेष्ट म्यान वृत्तचित्रलाई सन् २०२२ को नोभेम्बरमा कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्रीका रुपमा पुरस्कृत तथा सम्मानित गरिएको छ। यस वृत्तचित्रका निर्देशक विनोद अधिकारीले आफ्नो टोली र कामको कदर गरेकोमा निर्णायकहरूप्रति आभार प्रकट गरेका छन्। ‘यस प्रकृतिको सम्मानित कार्यका लागि नेपाल र नेपालीले गर्व गर्नुपर्छ’ अधिकारीले भने।

अधिकारीले आफ्नो डकुमेन्ट्रीमा पर्वतारोहण मात्र नभई आरोहणका क्रममा हुने प्रक्रिया, सामना गर्नुपर्ने चुनौति, आरोहणका क्रममा पूरा गर्नुपर्ने पूजाबिधी, धार्मिक तथा सांस्कृतिक पाटोलाई समेत समावेश गरेका छन्। यस वृत्तचित्रमा विशेष गरी सुप्रशिद्ध आरोही कामीरिता शेर्पाले २४औं पटकसम्म (हाल २५ पटक पुगेको छ) सगरमाथाको सफल आरोहण गर्ने क्रममा सामना गर्नु परेको चुनौतीलाई प्रकाश पारिएको छ।

उनले आफूले जलवायु परिवर्तनका कारण हिमाली वातावरणमा परेको असरहरूलाई वृत्तचित्रका माध्यमबाट देखाएको दाबी गर्दै यसका असरहरू कम गर्ने र पर्यावरणीय दीगोपना कायम गराउने पर्यटन र पर्वतारोहणका कार्यमा काम गर्न इच्छुक रहेको बताए।

उनले भने, ‘पहाडले हिउँ गुमाए भने हिमाल आरोहणको महत्व गुम्छ।’ हरेक वर्ष हिमालले जलवायु परिवर्तनको असर भोगिरहेको छ। आरोहणका मौसममा पहिलेभन्दा धेरै हिमपहिरो जाने गरेको देखिन्छ।

प्रकाशित: १८ मंसिर २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =