‘आरआरआर’ निर्देशक राजामौलीले जिते अमेरिकी अवार्ड

हिमाल प्रेस १८ मंसिर २०७९ १३:५५
16
SHARES
‘आरआरआर’ निर्देशक राजामौलीले जिते अमेरिकी अवार्ड

काठमाडौँ- फिल्म ‘बाहुबली’ र ‘आरआरआर’का निर्देशक एसएस राजामौलीले अमेरिकी अवार्ड जितेका छन्।

उनले ‘न्युयोर्क फिल्म क्रिटिक्स सर्कल’मा फिल्म ‘आरआरआर’का लागि ‘उत्कृष्ट निर्देशक’ को अवार्ड हात पारेका हुन्।

स्टिभन स्पिलबर्ग, डरोन एरोनोफ्स्की, सारा पोली, जीना प्रिन्सलगायत हलिउड निर्देशकलाई पछि पार्दै राजामौलीले सो अवार्ड जितेका हुन्।

सन् १९३५ मा ‘न्युयोर्क फिल्म क्रिटिक्स सर्कल’को स्थापना भएको थियो। अहिलेसम्म कुनै पनि भारतीयले त्यहाँ अवार्ड जित्न सकेको थिएन। ‘न्युयोर्क फिल्म क्रिटिक्स सर्कल’ मा अवार्ड जित्ने राजामौली पहिलो भारतीय निर्देशक हुन्।

गत मार्च २४ मा प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ भारतको तर्फबाट अस्करमा पठाइने माग गरिएको छ। तर फिल्म अस्करमा ‘बेस्ट फिचर’का विधामा अटाउन सकेन।

फिल्म निर्माण पक्षले १४ विधामा ‘आरआरआर’लाई मनोनयनका लागि सिफारिस गरेको छ। स्क्रिनप्ले, एडिटिङ, साउन्ड, बेस्ट डिरेक्टर आदि विधामा फिल्म अस्करमा सिफारिस गरिएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =