तिलगंगाको टोलीद्वारा निःशुल्क आँखा उपचार शिविर

हिमाल प्रेस १७ मंसिर २०७९ १९:२२
10
SHARES
तिलगंगाको टोलीद्वारा निःशुल्क आँखा उपचार शिविर फाइल तस्बिर।

काठमाडौँ– तिलगंगा आँखा अस्पतालको सहयोगमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ। तुलसादेवी हरिहर फाउन्डेशनद्वारा शनिबार ललितपुरमा आयोजित निःशुल्क आँखा शिविरबाट दुई सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्।

ललितपुर महानगरपालिका २५ स्थित जन उदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा उनीहरूले सेवा लिएका हुन्। तिलगंगा आँखा अस्पतालका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरू सरोज देवकोटा, नरुदेव भण्डारी, मनिषा प्रजापतिलगायत १० जनाको समूहले आँखा जाँच गरेका हुन्।

सो शिविरमा एक वर्षको बच्चादेखि ८८ वर्षका ज्येष्ठ नागरिकसम्मले सेवा पाएका र सो शिविरमा आएकामध्ये मोतियाबिन्दु भएका पाँच र आँखामा मासु पलाएका चार जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उनीहरूको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने अस्पतालले जनाएको छ।

फाउन्डेशनद्वारा सञ्चालित तुलसालय आश्रममा बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकासमेत गरेर ४३ आश्रित रहेका छन्।

उक्त शिविरमा फाउण्डेशनकी अध्यक्ष सरु सुवेदी, स्थानीय समाजसेवी राजकुमार थापा र ललितपुर महानगरपालिका २५ का वडाध्यक्ष दौलत खत्रीले आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कर्ममा सहयोग पुर्‍याएकोमा अस्पताललाई धन्यवाद दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =