सरकारको नेतृत्व युवाले गर्नुपर्छ : चन्द्र भण्डारी

हिमाल प्रेस १६ मंसिर २०७९ १८:२०
6
SHARES
सरकारको नेतृत्व युवाले गर्नुपर्छ : चन्द्र भण्डारी चन्द्र भण्डारी। फाइल तस्बिर

गुल्मी– नेपाली कांग्रेस नेता डा. चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन्।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ।

निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको भण्डारीले बताए।

‘अब काठमाडौँ जान्छु र युवाले नेतृत्व पाउनु पर्ने विषयमा बोल्छु,’ उनले भने।

वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आकलन र अडकलबाजी चलिरहेको भन्दै उनले कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने उल्लेख गरे।

पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढ्ने भएको उनले बताए।

गुल्मी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले जिल्लालाई विकास निर्माणको हिसाबले नमूना जिल्ला बनाउने गरी आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १६ मंसिर २०७९ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =