एकीकृत समाजवादीले भन्यो : तत्काल माओवादीसँग एकताको सम्भावना छैन

हिमाल प्रेस १६ मंसिर २०७९ १५:५१
40
SHARES
एकीकृत समाजवादीले भन्यो : तत्काल माओवादीसँग एकताको सम्भावना छैन

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग अहिले नै पार्टी एकताको सम्भावना नभएको बताएको छ।

उक्त पार्टीका महासचिव बेदुराम भुसालले आज एक विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको विषयमा वार्ता भनिएको सूचना पनि गलत भएको बताएका हुन्।

‘विषत केही दिनदेखि विभिन्न संचार माध्यममा भैरहेको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र स्पष्ट पार्न चाहन्छौँ कि यो पूर्णत: निराधार हो,’ भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै सत्यता छैन। नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्द बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ। तर, अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल,वार्ता वा संवाद केही पनि भएको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =