‘सर्कस’ ट्रेलर : ‘इलेक्ट्रिक म्यान’ रणवीर

हिमाल प्रेस १६ मंसिर २०७९ १५:००
14
SHARES

काठमाडौँ- हिन्दी फिल्म ‘सर्कस’को ट्रेलर सार्वजनिक भएको छ। कमेडी फिल्ममा रणवीर मुख्य भूमिकामा रहेका छन्। दोहोरो भूमिकामा रहेका उनलाई फिल्ममा सर्कसका कलाकारका रूपमा देखाइएको छ। फिल्ममा रणवीर ‘इलेक्ट्रिक म्यान’ बनेका छन्।

साढे तीन मिनेट लामो ट्रेलरमा रणवीरसँगै पूजा हेगडे, ज्याकलिन फर्नान्डिस, बृजेश हिरजी, मुकेश तिवारी, सञ्जय मिश्रा, जोनी लिभर, सिद्धार्थ जाधवलगायत कलाकार अटाएका छन्।

ट्रेलरको अन्तमा अभिनेत्री दीपिका पादुकोण देखिएकी छन्। फिल्ममा उनको आइटम डान्स रहेको भन्ने बुझ्न सकिन्छ। रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म डिसेम्बर २३ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १६ मंसिर २०७९ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =