फिल्म महोत्सवमा ‘दुई नम्बरी’देखि ‘प्रकाश’सम्म देखाइने

हिमाल प्रेस १६ मंसिर २०७९ १३:१२
10
SHARES
फिल्म महोत्सवमा ‘दुई नम्बरी’देखि ‘प्रकाश’सम्म देखाइने

काठमाडौँ- ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल २०२२’ हुने भएको छ। फिल्म महोत्सव डिसेम्बर ८ देखि १० सम्म आयोजना हुनेछ। यो फिल्म महोत्सवको चौथो संस्करण हो।

महोत्सवमा विभिन्न १५ विधामा ३४ देशका १०६ फिल्म देखाइनेछन्। जसमा ७२ अन्तर्राष्ट्रिय र ३४ राष्ट्रिय फिल्म हुनेछन्। बिहान १० बजेदेखि बेलुका साढे ६ सम्म फिल्म प्रदर्शन गरिनेछन्।

चलचित्र विकास बोर्डको हल, राइजिङ मल तथा राष्ट्रिय नाचघरमा फिल्म प्रदर्शन गरिनेछन्।

तीनदिने फिल्ममा महोत्सवमा ‘दुई नम्बरी’, ‘लाखे’, ‘प्रकाश’ लगायत फिल्म ‘बेस्ट नेसनल फिचर फिल्म’ विधामा देखाइनेछन्।

‘बेस्ट नेसनल वुमन फिल्म’मा केकी अधिकारीको डकुमेन्ट्री ‘नेपाल मेन्स्ट्रुल मुभमेन्ट–ट्रयाक्लिङ ट्याबुज’ प्रदर्शन गरिनेछ। डकुमेन्ट्रीको निर्देशन रजिन मर्हजनले गरेका हुन्।

आचार्य गोपालको ‘आखत’, अनिल बहादुर मगरको ‘आग्रे’, मान्सी अग्रवालको ‘द रियल कल्चर अफ बागमती प्रदेश’ आदि डकुमेन्ट्री पनि महोत्सवमा देखाइनेछन्।

प्रकाशित: १६ मंसिर २०७९ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =