‘बीर विक्रम २’को हिन्दी संस्करण युट्युबमा रिलिज

हिमाल प्रेस १६ मंसिर २०७९ ११:५३
6
SHARES

काठमाडौँ- नेपाली फिल्म ‘बीर विक्रम २’ को हिन्दी संस्करण युट्युबमा रिलिज भएको छ। २०७६ सालमा हलमा प्रदर्शनमा आएको फिल्ममा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्।

केही दिनअघि फिल्मको हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको थियो। जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। अब पूरा फिल्म ओएसआर इन्टरनेसनलको आधिकारिक च्यानलमार्फत रिलिज गरिएको हो।

मिलन चाम्सका निर्देशनमा बनेको फिल्ममा पल, वर्षा, नाजिरबाहेक बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायत कलाकारको अभिनय रहेको छ।

चाम्सकै निर्देशन रहको फिल्मको पहिलो भाग ‘बीर विक्रम’मा दयाहाङ राई, अनुपविक्रम शाही, दीया पुन, अर्पण थापा, नाजिर हुसेनलगायत कलाकार रहेका थिए।

प्रकाशित: १६ मंसिर २०७९ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =