नवलपुरमा जिप दुर्घटना, चार जनाको मृत्यु

हिमाल प्रेस १५ मंसिर २०७९ २१:४०
14
SHARES
नवलपुरमा जिप दुर्घटना, चार जनाको मृत्यु सांकेतिक तस्बिर।

नवलपुर– नवलपुरको धौवादीमा बिहीबार जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानीनजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरे।

दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत भई नसकेको पनि प्रहरीले जानकारी दिएको छ।

घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ। सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ।

साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो। घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको संख्या बढेको जनाइएको छ।

घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका-५ का वडाध्यक्ष पदम रानाले बताए।

प्रकाशित: १५ मंसिर २०७९ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =