निर्वाचनका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत उपलब्ध गराइने

हिमाल प्रेस १५ मंसिर २०७९ २१:०५
16
SHARES
निर्वाचनका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत उपलब्ध गराइने

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाउने सुरक्षाकर्मी र सर्वसाधारणका परिवारलाई सरकारले राहत उपलब्ध गराउने बताएका छन्।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले यस्तो बताएका हुन्। आवधिक निर्वाचन लोतकन्त्रको सबल र सुन्दर पक्ष भएको बताउँदै मन्त्री खाणले यस दायित्वलाई नेपाल सरकारले पूरा गरेको अवगत गराए।

यो दायित्व पूरा गर्ने सबैलाई धन्यवाद दिँदै उनले कर्तव्य निर्वाह गर्ने क्रममा दिवंगत भएका सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवार भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने जानकारी दिए।

निर्वाचनका क्रममा भएका राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गरिँदै जाने र कमी-कमजोरीलाई सुधार्दै लैजाने उल्लेख गर्दै मन्त्री खाणले सीमित स्रोत साधान बाबजुद सुरक्षाकर्मीले अहोरात्र खटिई कर्तव्य पूरा गरेकामा विशेष धन्यवाद दिए।

निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले निर्माण गर्ने नयाँ सरकार जनताको इच्छा आकांक्षा पूरा गर्ने काममा अघि बढ्ने उनको विश्वास छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =