गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीको प्रतिवेदन

हिमाल प्रेस २ चैत २०८० ९:५६
8
SHARES
गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीको प्रतिवेदन

काठमाडाैँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन्।

आज बिहान बालुवाटारमा गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन गर्ने बताए।

प्रधानमन्त्रीले जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्रीले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको बताइएकाे छ।

गृहमन्त्री लामिछानेले भने : काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही हुन्छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =