प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच बालुवाटारमा छलफल जारी

हिमाल प्रेस १५ पुष २०७९ ९:४२
2
SHARE
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँडबारे छलफल गर्न अध्यक्ष ओली शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष ओलीलाई सत्ता साझेदार दलको संयोजक बनाउने निर्णय गरेको थियो।

सत्ता साझेदार दलको संयन्त्रले पाँच दिनभित्र सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्ने भएको छ। त्यसका लागि प्रत्येक दलबाट एक/एक जना प्रतिनिधि रहनेछन्। आज प्रादेशिक बाँडफाँटका बारेमा पनि छलफल भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =