कोभिडको नयाँ भेरियन्टबाट जोगिन त्रिविको आग्रह

हिमाल प्रेस १४ पुष २०७९ १९:२१
14
SHARES
कोभिडको नयाँ भेरियन्टबाट जोगिन त्रिविको आग्रह

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोभिड भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्र दाहालले छिमेकी मुलुक चीन र भारतमा कोभिड भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए।

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।

नेपालमा कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएको छ। तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ। त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ।

नेपालमा हालसम्म नयाँ भेरियन्टको पुष्टि नभए पनि छिमेकी मुलुक भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसअघि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले पनि कोभिडको नयाँ भेरियन्टबाट बच्न आग्रह गरेको छ।

प्रकाशित: १४ पुष २०७९ १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =