साझा रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

हिमाल प्रेस १४ पुष २०७९ ६:५९
18
SHARES
साझा रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ- शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो बस्ने सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरू पदको भागबन्डा टुंगिएको छैन। राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ।

यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ। चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ। पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ।

यसैबीच बुधबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार बिस्तार र शक्ति बाँडफाँडबारे छलफल भएको छ।

प्रकाशित: १४ पुष २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =