पूजाआजा गरेर बालुवाटार सरे प्रचण्ड

हिमाल प्रेस १३ पुष २०७९ १८:४९
58
SHARES
पूजाआजा गरेर बालुवाटार सरे प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटारमा सरेका छन्। ज्योतिषीलाई हेराएको साइतअनुसार प्रचण्ड बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका हुन्। बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो।

त्यसलगतै पूजापाठपछि उनी मुख्य भवनमा प्रवेश गरेका थिए। पूजापाठपछि प्रचण्डले पण्डितलगायतलाई टिका लगाइदिएका थिए। प्रचण्डलाई बालुवाटार सर्नका लागि ज्योतिष टिकाराम घिमिरेले साँझ पाँच बजेको समय जुरेको जानकारी गराएका थिए। तर ढिलो भएपछि घिमिरेले अर्को साइत जुराएको बताइएको छ। शपथ ग्रहण समारोहमा पनि प्रचण्ड पहिलोपटक दौरा सुरुवालमा पुगेका थिए।

१० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास नछोड्दा ढिलो गरी बालुवाटार गएका हुन्।

प्रकाशित: १३ पुष २०७९ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =