प्रचण्डसँग माधव नेपाल र उपेन्द्र यादवको छलफल

हिमाल प्रेस १३ पुष २०७९ ११:१२
12
SHARES
प्रचण्डसँग माधव नेपाल र उपेन्द्र यादवको छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी र जसपा अध्यक्षहरूसँग छलफल गरेका छन्। प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ।

हात्तीवनस्थित गोकुल भण्डारीको निवास सिटीस्केप हाउजिङ्गमा छलफल भएको हो। प्रचण्डले दुवै समाजवादीलाई सरकारमा ल्याउने प्रयत्नका साथ छलफल गरेका हुन्।

आफूसँग छलफल नै नगरी प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै नेपाल असन्तुष्ट छन्। यस्तै जसपा पनि सरकारमा जाने नजाने अन्योलमा छ। मुख्यतः अध्यक्ष यादव नै सरकारमा नजान पार्टीमा दबाब दिइरहेका छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई जसपाले समर्थन गरेको छ भने एकीकृत समाजवादीले गरेको छैन। तर एकीकृत समाजवादीभित्र पनि सरकारमा जानुपर्ने दबाब छ। सोही कारण पनि नेपालले प्रचण्डलाई भेट्न पुगेका हुन्।

यसैबीच मंगलबार राति एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सोम पाण्डेको घरमा माधवकुमार नेपालसँग वार्ता गरेका थिए ।

प्रकाशित: १३ पुष २०७९ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =