माधव नेपाललाई वामदेवको गौतम सुझाव : प्रचण्ड नेतृत्वको सरकारमा जानुस्

हिमाल प्रेस १२ पुष २०७९ १९:५१
6
SHARES
माधव नेपाललाई वामदेवको गौतम सुझाव : प्रचण्ड नेतृत्वको सरकारमा जानुस्

काठमाडौँ– नेपालका कम्युनिस्ट पार्टी एकताका लागि अभियान चलाइरहेका वामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका छन्। मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर गौतमले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि अहिलेको सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेका हुन्।

छलफलपछि गौतमले माओवादीले एमालेसंग मिलेर सरकार बनाएको अवस्थामा नेकपा समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भूल हुने बताए। प्रचण्डले समाजवादीसँग सम्मानजनक छलफल नगरी एक्लै एमालेसँग मिल्न जानु आलोचनाको विषय भएको गौतमको भनाइ छ।

उनले प्रचण्डले नेपाललाई बोलाएर सरकारमा लैजानुपर्ने जिकिर गरे। गौतमले नेपाल कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने निष्कर्ष निकालिएको पनि बताए। छलफलका क्रममा अध्यक्ष नेपालले विकसित घटनाक्रममा विषयमा पार्टीमा छलफल भइरहेको र आवश्यक निष्कर्ष निकालिने बताए।

प्रकाशित: १२ पुष २०७९ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =