प्रदेश १ मा आज एमालेले संसदीय दलको नेता छान्ने

हिमाल प्रेस १० पुष २०७९ ९:२३
8
SHARES
प्रदेश १ मा आज एमालेले संसदीय दलको नेता छान्ने

इटहरी- प्रदेश १ मा नेकपा एमालेले आज (आइतबार) संसदीय दलको नेता चयन गर्ने भएको छ। दलको नेता चयनका लागि दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाइएको छ।

प्रदेशसभा सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आज बस्ने बैठकबाट दलको नेता सर्वसम्मत चयन गर्ने तयारी भएको जानकारी दिए।

प्रदेश १ प्रदेशसभामा नवनिर्वाचित सांसदहरूको शपथग्रहणका पुस ११ गते हुँदैछ। एमालेले शपथग्रहण अगाडि नै दलको नेता चयन गर्ने भएको हो।

प्रदेश १ को सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेका प्रदेशसभामा ४० जना सांसद छन्।

प्रदेश १ मा दोस्रो ठूलो दलको रूपमा रहेको नेपाली कांग्रेसले भने दलको नेता चयनका विषयमा छलफल गर्न सोमबार (भोलि) बैठक बोलाएको छ।

प्रकाशित: १० पुष २०७९ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =