एमालेका कमिटीहरू सक्रिय बनाउन ओलीको निर्देशन

हिमाल प्रेस ९ पुष २०७९ १५:५९
6
SHARES
एमालेका कमिटीहरू सक्रिय बनाउन ओलीको निर्देशन

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कमिटीहरू सक्रिय बनाउन निर्देशन दिएका छन्। प्युठान-काठमाडौँ सम्पर्क मञ्चले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजिना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त निर्देशन दिएका हुन्।

‘नेताको काम जनता र कार्यकर्ताबीच जाने तथा उनीहरूका समस्या सुन्ने, उनीहरूलाई सक्रिय बनाउने हो, आसन ग्रहण गर्ने मात्र होइन। अहिले हाम्रो पार्टीका कमिटीहरू भद्दा र निस्क्रिय भए,’ ओलीले भने।

निर्वाचनपछिको संक्रमणकाल सकिएर अब दोस्रो चरण सुरु भएको बताउँदै ओलीले निर्वाचनपछि पार्टी र पार्टीका नेता कार्यकर्ताको भूमिका फेरिएको स्पष्ट पारे।

‘अहिलेसम्म हामी हाम्रोविरुद्ध भएका संगठित हमलाको प्रतिवाद गर्ने, प्रतिक्रियावादीसँग मुकाबिला गरेर अस्तित्व जगाउने चरणमा थियौँ,’ उनले भने, ‘अब पार्टी कमिटीहरूलाई चुस्त र सक्रिय बनाउँदै जनतालाई सचेत गर्नुपर्छ।’ कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्युठानबाट नवनिर्वाचित सांसद सूर्य थापालगायतलाई सम्मानित गरिएको छ।

प्रकाशित: ९ पुष २०७९ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =