माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

हिमाल प्रेस ७ पुष २०७९ १७:५३
6
SHARES
माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौँ– नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई सो पदमा चयन गरेको हो।

बैठकले दलको प्रमुख सचेतकमा पार्टीका केन्द्रीय नेता हितराज पाण्डेलाई चयन गरेको छ भने राष्ट्रियसभा दलको नेतामा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ। बैठकले दलको विधान अन्तरिम रूपमा पारित गरेको सचेतक हितराज पाण्डेले जानकारी दिए। बैठकले सरकार गठनका लागि गठबन्धन दलबाटै अघि बढ्ने र यसका लागि आवश्यक छलफल गर्ने निर्णय गरेको उनको भनाइ छ।

सरकारलाई व्यवस्थित गर्न र पार्टीको तर्फबाट नेतृत्व गर्न पनि गठबन्धनमा छलफल हुने उनले जानकारी दिए। दलको उपनेता र सचेतक केही दिनपछि गरिने माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: ७ पुष २०७९ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =