कांग्रेस संसदीय दलमा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी

हिमाल प्रेस ५ पुष २०७९ १५:०२
10
SHARES
कांग्रेस संसदीय दलमा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

सभापति शेरबहादुर देउवाका प्रस्तावकमा उपसभापति पूर्णबहादुर खड्का र समर्थक वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। यसअघि पौडेलले आफू देउवाको प्रस्तावक नबस्ने बताएका थिए।

थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। कांग्रेसबाट ८९ सांसद छन्। कांग्रेस संसदीय दलको चुनाव बुधबार हुँदैछ।

प्रकाशित: ५ पुष २०७९ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =