सलाम एयरद्वारा १० ट्राभल एजेन्सी सम्मानित

हिमाल प्रेस ६ पुष २०७९ १२:०६ | Wednesday, December 21, 2022
सलाम एयरद्वारा १० ट्राभल एजेन्सी सम्मानित

काठमाडौँ- सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल एजेन्सीहरूलाई सम्मान गरेको छ। २०२२ भरी टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल एजेन्टलाई एयरलाइन्सले सम्मान गरेको हो।

सलाम एयरले टप रेभिन्यु पफर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल एन्ड टुर्स प्रालि, एक्सल, हार्बेस्ट मुन, ओपन अवे, प्रयास ट्राभल, रस्वीता ट्राभल र सी लिंक ट्राभल एन्ड टुर्स प्रालि सम्मानित गरेको छ।

त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल एन्ड टुर्स प्रालि सम्मानित भएको छ। हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट जिओलोजी ट्राभल एन्ड टुर्स प्रालि र राइजिङ स्टारअन्तर्गत मार्वलस ट्राभल एन्ड टुर्स प्रालि सम्मानित भएका छन्।

सन् २०१८ देखि सलाम एयरले ३५ गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यमा सिजनल उडान गरिहेको छ। एयरलाइन्सले नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ।

प्रकाशित: ६ पुष २०७९ १२:०६ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast