‘द पोएट आइडल’ पुस १४ देखि प्रसारण हुने

हिमाल प्रेस ८ पुष २०७९ १३:५२ | Friday, December 23, 2022
‘द पोएट आइडल’ पुस १४ देखि प्रसारण हुने

काठमाडौँ- कवितामा आधारित रियालिटी सो ‘द पोएट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ। सोको प्रोमो सार्वजनिक भएको छ। जसमा अभिनेत्री सुरक्षा पन्त देखिएकी छिन्। र, उनले कविता वाचन गरिरहेकी छन्।

सो हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट राति साढे ८मा प्रसारण हुनेछ। अमनप्रताप अधिकारीको निर्देशनमा बनेको रियालिटी सोमा अनुप बराल, उपेन्द्र सुब्बा, सुरक्षा पन्त र विप्लव प्रतीक निर्णायक छन्।

असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ७२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको संख्या ५० थियो। तीमध्ये छानिएका ६४ सहभागीमध्ये पनि १४ जना छनोटमा परे। सो प्रसारण हुन थालेपछि एक-एक सहभागी कार्यक्रमबाट बाहिरिने निर्माण टिमले जनाएको छ।

सोमा सहभागीहरूले कविता लेखन र वाचन गर्नेछन्। सोको विजेताले १० लाख पुरस्कार पाउनेछ।

प्रकाशित: ८ पुष २०७९ १३:५२ | Friday, December 23, 2022

प्रतिक्रिया

One thought on “‘द पोएट आइडल’ पुस १४ देखि प्रसारण हुने

  1. औंसि अनि पुर्णिामा को रात नमिल्नाले दुइचार सब्ध माया का बात नमिल्नाले

Leave a Reply to dilmaya giri Cancel reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast