शीर्ष नेताको बैठकले प्रधानमन्त्रीको विषय टुंग्याउँछ : खाण

हिमाल प्रेस ११ मंसिर २०७९ १२:५०
264
SHARES
शीर्ष नेताको बैठकले प्रधानमन्त्रीको विषय टुंग्याउँछ : खाण

भैरहवा- गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनको सरकार ५ वर्षसम्म निरन्तर जाने बताएका हुन् ।

उनले गठबन्धनमा आबद्ध दलहरूबीच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरुप अगाडि बढ्ने पनि बताए। प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाणको भनाइ छ।

रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताए। खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका छन्।

गृहमन्त्रीका रूपमा प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रूपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा खुसी लागेको उनले बताए।

प्रकाशित: ११ मंसिर २०७९ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =