जुम्ला : संघमा राप्रपा, प्रदेशमा स्वतन्त्र र एमाले विजयी

हिमाल प्रेस १० मंसिर २०७९ १८:४४
12
SHARES
जुम्ला : संघमा राप्रपा, प्रदेशमा स्वतन्त्र र एमाले विजयी

जुम्ला– एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन्। प्रदेशसभाका दुईवटा (क) मा स्वतन्त्र उम्मेदवार र (ख) मा एमालेका उम्मेदवार विजयी भएका छन्।

राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाह) विजयी भएका हुन्। उनले सत्तागठबन्धनका उम्मेदवार गोमा गौमत (कुँवर)लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गरे।

शाहीले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)की उम्मेदवार गौतमले ११ हजार नौ सय ५९ मत आएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए।

यस्तै नेकपा (एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरे। त्यस्तै नेमकिपाका डिल्ली काफ्ले नौ सय ५५ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले बताए।

जिल्लामा कूल ६८ हजार ६ सय ३८ मतदातामध्ये जम्मा खसेको ४५ हजार दुई सय ८४ मत थियो। खसेको कूल मतमध्ये दुई हजार चार सय ७८ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

प्रदेशसभा (ख) मा एमालेका उम्मेदवार टेकराज पछाई ७ हजार आठ सय २६ मतका साथ निर्वाचित भए।

उनका निकटतम् प्रतिद्वन्द्वी सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास बाहलवालामन्त्री पदमबहादुर रोकायाले ६ हजार सात सय १५ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवार धन बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गरेक छन्।

यस्तै नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीले १ हजार आठ सय ९९ मतान्तरले विजयी भए। कांग्रेसका बागी उम्मेदवार शाहीले नौ हजार छ सय ५४ मत ल्याएर विजय प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी सत्तागठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले ७ हजार सात सय ५५ मत प्राप्त गरे।

एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले ५ हजार चार सय ७० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै नेमकिपाका राजेश्वर देवकोटाले ६ सय ९४ मत प्राप्त गरेका छन्। सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो।

१ हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचित प्रदेशसभा सदस्य शाही ०७४ सालको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मत अन्तरले पराजय भएका थिए।

कांग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =