आजदेखि ‘निटफेस्ट’ सुरु

हिमाल प्रेस ९ मंसिर २०७९ ११:३०
4
SHARES
आजदेखि ‘निटफेस्ट’ सुरु

काठमाडौँ- आज (मंसिर ९) देखि ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ सुरु हुँदैछ। नाटक महोत्सव मंसिर १७ सम्म चल्नेछ।

काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरले आयोजना गरेको महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूहहरू सहभागी हुनेछन्।

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न १३ देशका  १८ नाटक प्रस्तुत गरिनेछन्। त्यसबाहेक विभिन्न तालिम, सेमिनार, कार्यशालालगायत पनि हुनेछन्।

आज (शुक्रबार) दिउँसो २ बजे मण्डला थिएटरमा महोत्सवका उद्घाटन कार्यक्रम रहेको छ। जसमा भारतीय अभिनेत्री शबाना आजमी विशेष अतिथिका रूपमा रहनेछिन्। त्यसका लागि उनी हिजो (बिहीबार) भारतबाट नेपाल आइसकेकी छन्।

नाटक महोत्सवमा शबानाको ‘मास्टरक्लास’ पनि रहेको छ। महोत्सवमा विश्वभरिबाट दुई सयभन्दा बढी रंगकर्मीको सहभागिता रहनेछ। महोत्सव अवधिभर बिहान ८ देखि साँझ साढे ७ बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रम हुनेछन्।

निटफेस्टकको अग्रिम कार्यक्रमस्वरूप केही दिनअघि ‘म त लालीगुराँस भएछु’ सम्पन्न भएको थियो। सो अन्तरक्रिया कार्यक्रममा नेपाली नाट्यकर्मीहरूले आफ्ना अनुभव साटासाट गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा पुष्कर गुरुङ, विजय विस्फोट, वीरेन्द्र हमाललगायत रंगकर्मी सहभागी थिए। उनीहरूले नेपाली रंगमञ्चका अनुभव, कलाशैली, संघर्षलगायत विषयमा छलफल गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७९ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =