चितवन-१ मा स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ १६:१३
6
SHARES
चितवन-१ मा स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

चितवन- चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।

ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन्। पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत प्राप्त गरे। सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो। जसमध्ये ३ हजार ६ सय २१ मत बदर भएको थियो।

उक्त क्षेत्रको प्रदेशसभा क मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भएका छन्। थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार ७ सय १२ मत पाएका थिए। यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो।

यस्तै प्रदेशसभा ख मा नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी भएका छन्। खनालले १५ हजार ५ सय ७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत प्राप्त गरेका थिए। यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =