माधव नेपालले भने : वाम एकता हुन सक्छ

हिमाल प्रेस ८ मंसिर २०७९ १६:०७
14
SHARES
माधव नेपालले भने : वाम एकता हुन सक्छ

काठमाडौँ- निर्वाचन परिणाम अनुकूल नआएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वाम एकता हुन सक्ने बताएका छन्। रौतहट-१ मा निर्वाचन जितेपछि सरकार कसको बन्छ भन्नेबारे भन्न सक्ने अवस्था नरहेको भन्दै वाम एकताबारे बोलेका हुन्।

उनले गलत प्रवृत्ति भएकाहरूसँग वाम एकता हुन नसक्ने पनि बताए। ‘यो हामीले सोचेभन्दा कम हो। हाम्रा कमी-कमजोरी पनि भएका होलान्। तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने,’

एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।

प्रकाशित: ८ मंसिर २०७९ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =