मधेश प्रदेशमा नेकपा (एस) को पहिलो जित

हिमाल प्रेस ७ मंसिर २०७९ १६:४९
26
SHARES
मधेश प्रदेशमा नेकपा (एस) को पहिलो जित

जनकपुरधाम- मधेश प्रदेशको प्रदेशसभातर्फ नेकपा एकीकृत समाजवादीले पहिलो जित निकालेको छ। सर्लाही क्षेत्र नम्बर १ को ‘ख’ बाट नेकपा एसकी बेची लुंगेलीले ६ हजार ६९९ मतान्तरले निर्वाचित भएकी हुन्।

लुंगेलीले १३ हजार ६७७ मत ल्याएर निर्वाचित भएकी छन्। नेकपा एमालेकी शान्तिकुमारी लामाले ६ हजार ९७८ मत ल्याइन्।

यस्तै, स्वतन्त्र उम्मेदवार राजनकुमार श्रेष्ठले ५ हजार ९४५ मत ल्याए। निर्वाचित भएकी लुंगेली निवर्तमान प्रदेश सांसदसमेत हुन्।

प्रकाशित: ७ मंसिर २०७९ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =