जनमोर्चाले खोल्यो खाता, बागलुङबाट चित्रबहादुर केसी निर्वाचित

हिमाल प्रेस ७ मंसिर २०७९ १५:५६
16
SHARES
जनमोर्चाले खोल्यो खाता, बागलुङबाट चित्रबहादुर केसी निर्वाचित

काठमाडौँ- राष्ट्रिय जनमोर्चा पार्टीले पनि प्रतिनिधिसभामा खाता खोलेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ मा निर्वाचित भएका हुन्।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ को अन्तिम मतपरिणाम अनुसार सत्ता गठबन्धनको समर्थनमा जनमोर्चाका केसीले बागलुङ१ मा नेकपा (एमाले)का उमेदवार सूर्यप्रसाद पाठकलाई पराजित गरे। केसीले २१ हजार ४५१ मत ल्याउँदा एमालेका पाठकले १८ हजार ८२५ मत ल्याए।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याए। एक लाख एक हजार २२३ मतदाता रहेको यो क्षेत्रमा ५४ हजार ७११ मत खस्दा ५२ हजार ८७० मत सदर भएको थियो।

 

प्रकाशित: ७ मंसिर २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =