कास्की ३ मा एमाले अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १३:३७
10
SHARES
कास्की ३ मा एमाले अगाडि

पोखरा- कास्की क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)लाई पछि पारेको छ।

सोमबारदेखि जारी मतगणनामा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ।

दिउँसो १ बजेसम्मको गणनामा एमालेका उम्मेदवार दामोदर बैरागीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई साढे ४ सय मतान्तरले पछि पारेका छन्।

१४ हजार ८ सय ४९ मत गणनामा बैरागीले ४ हजार ८ सय ५१ र योगराजले ४ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। राप्रपाका जगतप्रसाद सुवेदी ८ सय २५ मतसहित तेस्रो स्थानमा छन्।

कास्की ३ मा कुल १ लाख १ हजार ७ सय १५ मतदातामध्ये ६१ हजार ४ सय १५ मत खसेको थियो।

प्रकाशित: ६ मंसिर २०७९ १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =