मधेश प्रदेशमा जनमत पार्टीले खोल्यो खाता

हिमाल प्रेस ६ मंसिर २०७९ १२:३९
30
SHARES
मधेश प्रदेशमा जनमत पार्टीले खोल्यो खाता जनमत पार्टीका अध्यक्ष सीके राउतसँग महेशप्रसाद यादव (बायाँ)

जनकपुरधाम- जनमत पार्टीले प्रदेशसभातर्फ मधेश प्रदेशमा पहिलो जित हासिल गरेको छ। सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार महेशप्रसाद यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ७ हजार २३ मत ल्याएका छन्।

यस्तै सप्तरी २ को ‘क’ मा जनमत पार्टीकै सतिशकुमार सिंह जित नजिक पुगेका छन्। सप्तरी २ को ‘क’ मा ४९ हजार ९१८ मतदाता रहेकोमा ३४ हजार ६७८ जनाले मतदान गरेका थिए।

हालसम्म २८ हजार ३६९ सदर मतको गणना हुँदा सतिश ७ हजार ५७३ मतको अग्रता लिएका छन्। यहाँ जनमतका सतिशले १४ हजार ३२२ मत ल्याएका छन्। जनता समाजवादी पार्टीका शैलेन्द्रप्रसाद साह ६ हजार ७ सय ४९ मतसहित दोस्रो स्थानमा रहेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =