डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:१६
डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण

डोटी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग र कैलाली उद्योग बाणिज्य संघ तथा डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको छ।

यही कात्तिक १३ गते बिहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण घर भत्किँदा ६ जनाको मृत्यु, ८ जना घाइते र २८ घरपरिवार विस्थापित भएका थिए।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको हो र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी रहेको एनआरएनएले जनाएको छ।

उक्त ठाउँमा भूकम्पमा परेर जनधनको क्षति भएपछि एनआरएनएले धनगढी उद्योग वाणिज्य संघ र डोटि उद्योग वाणिज्य संघ संगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्रदेश महासचिवलाई राहत सामाग्री हस्तान्तरण गरेको हो।

प्रकाशित: २८ कार्तिक २०७९ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =