अछाम १ को मतगणना ३ बजेबाट

हिमाल प्रेस ५ मंसिर २०७९ १२:५५
4
SHARES
अछाम १ को मतगणना ३ बजेबाट

अछाम- अछाम १ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ। भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए।

क्षेत्र नम्बर २ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए। अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्‍याइएको छ। अछाममा दुईवटा निर्वाचन क्षेत्र छन्।

अछाम १ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहराबीच तीव्र प्रतिष्पर्धा छ। यस्तै क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिष्पर्धा हुने ठानिएको छ।

 

प्रकाशित: ५ मंसिर २०७९ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =