दिपायलमा रहेको फर्निचर उद्योगमा आगलागी, ३७ लाखभन्दा बढीको क्षति

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:०८
दिपायलमा रहेको फर्निचर उद्योगमा आगलागी, ३७ लाखभन्दा बढीको क्षति

डोटी-  डोटीको दिपायलमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए।

बिजुली तार शर्ट भएर आगलागी भएको उनको भनाइ छ। नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरेर आगो निभाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =